आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:२९ |सिड्नीको समय: २१:२९ |काठमाडौंको समय: १७:१४

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालत पेश गरियो

एएनजेड खबरमे ४, २०२३

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगि धन्दामा पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

हिजो बेलुका रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा समेत रहेका उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको थियो ।टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध हिजो पक्राउ पुर्जी जारी भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

तपाइँको प्रतिक्रिया