आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३१ |सिड्नीको समय: २१:३१ |काठमाडौंको समय: १७:१६

भैरहवामा पक्राउ परेका भनिएका टोपबहादुरलाई प्रहरीले अहिलेसम्म सार्वजनिक गरेन

एएनजेड खबरमे ४, २०२३

भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेको बताइएको छ। उनको पक्राउबारे प्रहरीले अहिलेसम्म आधिकारीक पुष्टि गरेको छैन ।

गएराति भैरहवाबाट आकसमार्ग हुँदै काठमाडौं आउने तयारीमा रहेका उनी एकाएक बेपत्ता भएका थिए । अहिलेसम्म पक्राउ नपरेको भन्दै उनको खोजी कार्य भइरहेको भनेपनि टोपबहादुरलाई आज बिहानै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

हिजो भैरहवाबाट काठमाडौँ आउन टिकट काटेका टोपबहादुले काटिसकेको टिकट पनि रद्द गरेर हराएका थिए। हिजो दिनभर सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा व्यस्त रहेका उनी सभामुखसँगै विमानमार्फत काठमाडौं आउन लागेका थिए।

तपाइँको प्रतिक्रिया