आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:४१ |सिड्नीको समय: २१:४१ |काठमाडौंको समय: १७:२६

टोपबहादुर रायमाझीका पुत्रलाई काठमाडौं ल्याइयो, बुवा भने हिजो देखि बेपत्ता 

एएनजेड खबरमे ४, २०२३

 भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका पुत्र सन्दीप रायमाझीलाई काठमाडौँ ल्याइएको छ।

 नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ गरेर मोटो रकम असुल  गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएका उनका बुवा टोपबहादुर भने हिजोबाट सम्पर्कविहीन भएका छन्। अहिलेसम्म पक्राउ नपरेको भन्दै उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

हिजो भैरहवाबाट काठमाडौँ आउन टिकट काटेका टोपबहादुर एकाएक हराएका हुन्। उनले काटिसकेको टिकट पनि रद्द गरेको र फोन पनि अफ रहेको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया