आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३३ |सिड्नीको समय: २१:३३ |काठमाडौंको समय: १७:१८

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई राष्ट्रपतिको बधाई

एएनजेड खबरमे २, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोली र पदाधिकारीलाई बधाई दिएका छन। नेपाल एसिया कप क्रिकेटमा छनोट भएपछि खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई राष्ट्रपतिले बधाई दिएका हुन्।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको थियो ।

राष्ट्रपतिको संदेशमा भनिएको छ , ‘खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’

उनले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया