आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३८ |सिड्नीको समय: २१:३८ |काठमाडौंको समय: १७:२३

रवि लामिछानेका चालक थापाको मेडीसिटी अस्पतालमा निधन

एएनजेड खबरमे २, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को आज निधन भएको छ।

चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको उपचारका क्रममा मेडीसिटी अस्पतालमा निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा वैशाख ४ गते बिहान ३:४५ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

थापालाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

घटनाबारे प्रहरीले अनुशन्धान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया