आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:२६ |सिड्नीको समय: २१:२६ |काठमाडौंको समय: १७:११

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

एएनजेड खबरमे २, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आज एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता बनेपछि प्रधानमन्त्रीले बधाई दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले ले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्नेसमेत बताएका छन्।

प्रधानमन्त्रीले ,‘एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रधानमन्त्रीको निर्देशन अनुसार सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन किर्तिपुरस्थित टियु खेल मैदान पुगेका थिए।

तपाइँको प्रतिक्रिया