शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:०० |सिड्नीको समय: १०:०० |काठमाडौंको समय: ०५:४५

अष्ट्रेलिया पठाईदिने भन्दै ३० लाख ठगी गर्ने पक्राउ

एएनजेड खबरमे १, २०२३

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका-४ का २७ वर्षीय सञ्जय रेग्मीलाई काठमाडौंको लाजिम्पाट पक्राउ गरिएको हो।

लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मीले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइदिन्छु भन्दै पटकपटक गरी ३० लाख रुपैया ठगी गरेको प्रहरीको भनाई छ।

अष्ट्रेलियामा प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक रकम उठाएकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको जनाएको छ। यस अघि बैशाख १४ गते अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने धरान उपमहानगरपालिका–१३ स्थाई घर भई हाल काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ पनि ठगी आरोपमा पक्राउ परेकी थिइन् ।

तपाइँको प्रतिक्रिया