आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:२४ |सिड्नीको समय: २०:२४ |काठमाडौंको समय: १६:०९

अयोग्य लडाकुलाई पैसा दिने निर्णय एमाले कांग्रेसकै पालामा भएको हो: प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरमे १, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय नेपाली कांग्रेस र नेकपा एमालेको पहलमा भएको बताएका छन्। आज प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २०७१ मा दुवै दलकोपहलमा लडाकुलाई पैसा दिने निर्णय भएको बताएका हुन्।

‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो। कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो। अर्थमन्त्री विष्णु पौडेल र शान्ति मन्त्री टोपबहादुर रायमाझी भएको बेलामा भएको हो’, उनले भने, ‘त्यो पैसा त्यतिबेलै बाँड्ने निर्णय भएको हो। तर त्यसबेला अदालतका कारण वितरण नभएको हो।’

उनले अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा पनि रकम दिने बताएका छन्। ‘किस्ताबन्दीमा भए पनि रकम दिनुपर्छ,’उनले भने। अदालतको फैसला आइसकेको छ। सेना प्रहरीको तलब दिन नसकेको कुरा यसमा जोडिँदैन’, उनले भने, ‘लडाकुलाई २ लाख दिने कुराको साइनो अर्थतन्त्रको संकटसँग जोडिएको छैन।’

तपाइँको प्रतिक्रिया