आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:३१ |सिड्नीको समय: २०:३१ |काठमाडौंको समय: १६:१६

राष्ट्रपति पौडेल उपचारपछि आज स्वदेश फर्कदै

एएनजेड खबरअप्रिल ३०, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् । स्वास्थायामा समस्या आएपछि उनको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानाकारी दिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा ,’विभिन्‍नि परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।’

उनलाई गत वैशाख ६ गते श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगेर हस्पिटल भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए ।

तपाइँको प्रतिक्रिया