आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:३० |सिड्नीको समय: २०:३० |काठमाडौंको समय: १६:१५

सरकारका उपप्रधानमन्त्री र महावीर पुनबीच वार्ता, भोलीसम्म सहमती हुनसक्ने

एएनजेड खबरअप्रिल ३०, २०२३

माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुन र सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच औपचारिक छलफल भएको छ।
शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्रीले छलफल गरेका हुन् । आजको छलफल निकै सकारात्मक भएको पुनले जानकारी दिए।

पुनका अनुसार छलफलमा आजै साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने बारे निष्कर्स निकालिएको छ।

पुनले ‘भोलि कागजमा सहमती हुनसक्ने पनि जानकारी दिए। पुन नेतृत्वको आविस्कार केन्द्रले नवप्रवर्तन र आविस्कारको लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया