आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:१९ |सिड्नीको समय: २०:१९ |काठमाडौंको समय: १६:०४

कांग्रेस नेता चन्द्र भण्डारी उपचारपछि आज स्वदेश फर्कदै

एएनजेड खबरअप्रिल ३०, २०२३

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी स्वदेश फर्कने भएका छन् । साढे दुई महिना देखि भारतमा उपचाररत डा भण्डारी आज नेपाल फर्किन लागेका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवासमा ‘ग्यास लिक भएर आगालागीबाट उनी गम्भीर घाइते भएका थिए ।

भण्डारील भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर आज दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

डा भण्डारीको स्वास्थ्यमा सुधार भएसंगै उनी बोल्ने र हिँड्न सक्ने भएका छन् । सो घटनामा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

तपाइँको प्रतिक्रिया