आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:२५ |सिड्नीको समय: २०:२५ |काठमाडौंको समय: १६:१०

अध्यक्ष ओली माथि सरकार पक्षले नै आक्रमण गर्यो :विष्णु पौडेल

एएनजेड खबरअप्रिल २८, २०२३

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सरकार पक्षबाटै आक्रमण भएको बताएका छन् ।

आज बसेको संसद बैठकको विशेस समयामा बोल्दै पौडेलले आफ्नो दलको अध्यक्षलाई आक्रमण हुँदापनि सरकार मौन रहेको भन्दै आक्रोश पोखेका हुन्।

हिजो इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको गरिएकोमा पौडेलले आपत्ति जनाए।

उनले भने,’ सत्तापक्षकै कार्यकर्ताहरु आक्रमणमा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको छ। यसको यथार्थ जानकारी गराउन प्रधानमन्त्रीसँग माग गर्दछु । हाम्रो देशमा सरकार छ कि छैन? यो अत्यन्तै चिन्ताको विषय हो, सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ।’

बैठकमा पौडेलले भने ‘यो आक्रमणमा सरकार आफै संलग्न भएको छ। यो विषय सम्मानित सदनमा उठ्यो। गृहमन्त्रीले पनि जवाफ दिनु भयो। तर आक्रमण प्रयास रोकिँदैन। यो सरकारले चाहेको के हो?’, उनले सोधे, ‘हामीलाई गृहमन्त्रीको प्रवचन होइन, शान्ति सुरक्षाको व्यवस्था चाहियो। गृहमन्त्रीको जवाफले अब पुगेन। प्रधानमन्त्री आफैंले संसदमा जवाफ दिनु पर्छ।’

पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

तपाइँको प्रतिक्रिया