आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:२५ |सिड्नीको समय: १९:२५ |काठमाडौंको समय: १५:१०

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

एएनजेड खबरअप्रिल २७, २०२३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ सहित ३५ जना प्रदेश सदस्यको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरिएको थियो।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा परीक्षण गर्दा विश्वासको मत पाउन सकेनन् ।

तपाइँको प्रतिक्रिया