शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५० |सिड्नीको समय: ०७:५० |काठमाडौंको समय: ०३:३५

राजदूत पोखरेल र अष्ट्रेलियाको रिजर्भ बैङ्कका गभर्नरबीच भेटवार्ता 

एएनजेड खबरअप्रिल २६, २०२३

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोबीच भेटवार्ता भएको छ।   

 क्यानबेरामा भएको भेटवार्तामा नेपाल र अष्ट्रेलियाको बैङ्किङ संलग्नता सम्बन्धी सम्भाव्यताका विषयमा छलफल भएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

दूतावासका अनुसार भेटमा राजदूत पोखरेलले गभर्नर फिलिपलाई अष्ट्रेलियामा नेपालीहरू बढ्दो क्रममा रहेकाले अष्ट्रेलियाबाट नेपाल पठाउने रेमिट्यान्सको मोडललाई सहज बनाउन आग्रह गरेका थिए। 

राजदूत पोखरेल र गभर्नर फिलिपको सो भेटवार्ता सकारात्मक भएको दूतावासले जनाएको छ । गैरकानुनी रूपमा हुने हुण्डीको कारोबार रोक्न दुवै देशका वाणिज्य बैङ्कहरूबिच बैङ्किङ सम्बन्ध स्थापना गर्ने कुरामा सहजीकरण गर्न पनि राजदूत पोखरेलले आग्रह गरेका थिए ।

उक्त भेटघाटमा नेपालको तर्फबाट जनरल कन्सुलर दीपककुमार खड्का र अष्ट्रेलियन रिजर्भ बैँकका सहायक गभर्नर मिशेल म्याकफी समेत उपस्थिति रहेका थिए। 

तपाइँको प्रतिक्रिया