आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:३७ |सिड्नीको समय: १९:३७ |काठमाडौंको समय: १५:२२

सप्तरीमा हारेका उपेन्द्र यादव बारामा विजयी 

एएनजेड खबरअप्रिल २६, २०२३

बारा – २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याएर विजयी बनेका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। यादवले

५ हजार ८१ मत अन्तरले विजयी बनेका हुन्। 

 नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए भने  रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ सहित चौथो बने  । 

यादव गत मङ्सिर ४ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित  भएका थिए। बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएपछि  उपनिर्वाचन भएको हो।

तपाइँको प्रतिक्रिया