शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०८ |सिड्नीको समय: ०८:०८ |काठमाडौंको समय: ०३:५३

सिड्नीमा नेपाली बाटै नेपालीको घर तोडफोड,घटनामा संलग्न एक जना पक्राउ 

एएनजेड खबरअप्रिल २६, २०२३

अष्ट्रेलियाको सिड्नीस्थित एक जना नेपालीको घरमा तोडफोड भएको छ। नेपाली युवाहरूको समूहले तोडफोड गरेको बताइएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार नेपाली युवाहरूको हुलले सिड्नीस्थित पारामाटामा रहेको नेपालीको घरमा गत अप्रिल १७मा तोडफोड गरेको हो ।

श्रोत: नेपालट्युब

नेपालीको घरमा छिरेको उक्त  समूहले घरमा रहेकी एक महिलालाई घाइते समेत बनाएका थिए। उनी उपचारपछि घर फर्किसकेकी  छन्  । घटनामा संलग्न ३७ वर्षीय एक नेपालीलाई प्रहरी पक्राउ गरी मुद्दा चलाइएको बताइएको छ । 

त्यहाँको अपराध ऐन १९०० को दफा ९३ सी अनुसारको यो अभियोग पुष्टि भएमा दोषीलाई १० वर्षसम्म जेल सजाय हुने छ ।

पीडितले नेपालबाट आएका एक गायकको पारिश्रमिक लिने विषयमा विवाद हुँदा ती युवाहरू घरसम्मै आएर तोडफोडमा उत्रेको पीडित पक्षले आरोप लगाएको छ भने घटनामा संलग्न भनिएको पक्षले भने घरमै बोलाएर गएको र आफू माथि आक्रमणको लागी  चार पाँच जना मान्छे तयार गरेर उनीहरुले कुटपिट सुरु गरेको बताएका छन्।

तपाइँको प्रतिक्रिया