आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:२६ |सिड्नीको समय: १९:२६ |काठमाडौंको समय: १५:११

बारामा उपेन्द्रलाई पछि पार्दै जनमतका शिवचन्द्रको अग्रता

एएनजेड खबरअप्रिल २४, २०२३

बारा क्षेत्र नम्बर-२ मा सुरूवाती अग्रता लिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन्।

बारामा करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको थियो।

यादवको ५७१ मत रहेको छ। उनी ५७ मतले पछाडि परेका हुन् । नेकपा एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याउदै पछ्च्याइरहेका छन्।

तपाइँको प्रतिक्रिया