आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:३९ |सिड्नीको समय: १८:३९ |काठमाडौंको समय: १४:२४

बारामा पनि केहीबेरमा मतगना सुरु हुँदै

एएनजेड खबरअप्रिल २४, २०२३

बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठक शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने निर्णय गरेको हो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हिजो भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मत खसेको थियो।

यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा बीच टक्कर देखिएको छ।

तपाइँको प्रतिक्रिया