आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४३ |सिड्नीको समय: १८:४३ |काठमाडौंको समय: १४:२८

लामिछाने समर्थकको नाराबाजीपछि मतदान केन्द्रमा सेनाको टोली खटाइयो

एएनजेड खबरअप्रिल २३, २०२३

चितवनको एक मतदान केन्द्रमा विवाद भएको छ । भरतपुर महानगरपालिका-११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय रहेको मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान समेत प्रभावित हुनपुगेको हो ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछाने पुगेपछि समर्थकले कार्यकर्ताहरु नाराबाजीगरेका थिए। सो नारावाजीलाई गठनबन्धन र एमालेका नेता कार्यकर्ता विरोध गरेपछि झडपको अवस्था शृजना भएको बताइएको छ।

दुवैपक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले लाठि चार्ज गरेर झडप नियन्त्रणको प्रयास गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि मतदान केन्द्रमा केहीबेर भागाभागको अवस्था आएपच्झि तनाव बढ्न नदिन अहिले त्यस मतदान केन्द्रमा नेपाली सेनाको टोली खताइएको छ।

तपाइँको प्रतिक्रिया