आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४३ |सिड्नीको समय: १८:४३ |काठमाडौंको समय: १४:२८

मंसिर ४ को चुनावमा भन्दा बढी मत पाउछु :रवि लामिछाने

एएनजेड खबरअप्रिल २३, २०२३

चितवन क्षेत्र नम्बर-२ का उम्मेदवार रवि लामिछानेले मंसिर ४ को चुनावमा भन्दा बढी मत प्राप्त गर्ने दाबी गरेका छन्। आज चितवन -२ मा विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै लामिछानेले मतदातामा उत्साह पाएको र आफुले अघिल्लो पटकको निर्वाचन भन्दा धेरै मत पाउनेमा ढुक्क रहेको बताएका हुन्।

‘मेरो हृदयले आजको दिन निकै शुभ दिन मानेको छ, उनले भने’, ‘आज बिहानदेखि म मतदान केन्द्रहरुमा पुग्दा मतदाताहरुमा निकै उत्साह देखेको छु। जति मत खस्छ, लाग्छ- रास्वपाकै पक्षमा खस्छ।’

लामिछानेले गत मंसिर ४ को प्रतिनिधिसभा चुनावमा ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए।

तपाइँको प्रतिक्रिया