आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४७ |सिड्नीको समय: १८:४७ |काठमाडौंको समय: १४:३२

जसपाले बुथ कब्जा गर्ने योजना बनाएको छ :सिके राउत

एएनजेड खबरअप्रिल २२, २०२३

जनमत पार्टीका अध्यक्ष सीके राउतले भोलि हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले बुथ लुट्ने योजना बनाएको बताएका छन्।

भोली हुनलागेको बारा क्षेत्र नम्बर २का विभिन्न बुथको सूची उल्लेख गर्दै राउतलेउक्त स्थानमा अनुगमनका लागि पुग्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका हुन्।

उनले सामाजिक संजालमा लेखेका छन् ‘यी बूथहरू जसपाले लूट्नका लागि तयारी गरेका छन्। पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो छ ‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेका छन्।’

बुथ कब्जाका लागि प्रहरी प्रशासनलाई जसपाका नेताहरूले सेटिंग मिलाएको, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानका लागि तम्तयार भएको आरोप राउतले लगाएका छन्।

तपाइँको प्रतिक्रिया