शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:१० |सिड्नीको समय: ०८:१० |काठमाडौंको समय: ०३:५५

अष्ट्रेलियामा नेपाली विद्यार्थी ठग्ने कम्पनीलाई झन्डै १ लाख २५ हजार डलर जरिवाना !!

एएनजेड खबरअप्रिल २२, २०२३

सिड्नीस्थित एक क्लिनिङ कम्पनीलाई अदालतले एक लाख डलर भन्दा बढी जरिवाना तिर्न आदेश दिएको छ।

दुई जना नेपाली विद्यार्थीलाई कम तलब दिएको भन्दै उक्त क्लिनिङ कम्पनीलाई अदालतले १लाख ५ हजार ८४० डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो।

ग्रीन क्लिन पीटीवाई लिमिटेड नाम गरेको क्लिनिङ कम्पनि र सोही कम्पनीको पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा काम गर्ने अन्य दुईजनालाई कम तलब दिएको र झुटा विवरण राखेको अदालतले ठहर गरेको छ।

जरिवाना स्वरूप कम्पनीले १लाख ५ हजार ८४० डलर र दोषी ठहरिएका पूर्व म्यानेजरले १८ हजार ३४६ डलर जरिवाना तिर्नुपर्ने अदालतको ठहर छ।

तपाइँको प्रतिक्रिया