आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:३८ |सिड्नीको समय: १८:३८ |काठमाडौंको समय: १४:२३

तनहुँमा स्वर्णिम वाग्लेका बुवाको गाडी तोडफोड गरियो

एएनजेड खबरअप्रिल २१, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित एक होटल अगाडि सडकमा पार्किन गरेर राखेको बा ११ च ४२५० नम्बरको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

गाडी तोडफोड बारे प्रहरीले आज बिहानमात्रै सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका थिए । गाडिको साइडसाइडका सिसा फुटेको छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि घटनामा संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रहरीको भनाई छ।

तपाइँको प्रतिक्रिया