आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:३२ |सिड्नीको समय: १७:३२ |काठमाडौंको समय: १३:१७

कोरोनाबाट थप २ जनाको ज्यान गयो !!

एएनजेड खबरअप्रिल १८, २०२३

कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ ।आज स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु र १ सय ७१ जनामा संक्रमण भएको बताएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

तपाइँको प्रतिक्रिया