आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४९ |सिड्नीको समय: १७:४९ |काठमाडौंको समय: १३:३४

रवि लामिछानेका सवारी चलाक घरको तीन तला माथिबाट खसे !!

एएनजेड खबरअप्रिल १७, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट खसेका छन्। चितवनको भरतपुरस्थित एक घरमा सुतेका चालक दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

चालक थापा सुतेको घर

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको प्रहरीले बताएको छ।

उनी संगै रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी पनि सँगै सुतेका थिए ।

तपाइँको प्रतिक्रिया