आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:२७ |सिड्नीको समय: १७:२७ |काठमाडौंको समय: १३:१२

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हाने !!

एएनजेड खबरअप्रिल १७, २०२३

दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर कारागारमा खटिएका ३५ वर्षीय बसन्त केसीले आफैलाई गोली हानेका हुन्।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका केसीले डयुटीमा खटिएको बेला गएराति आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। उनी कारागार सुरक्षा गुल्ममा कपिलवस्तुबाट पाँच दिन पहिले मात्रै सरुवा आएका थिए।

तपाइँको प्रतिक्रिया