आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:३३ |सिड्नीको समय: १७:३३ |काठमाडौंको समय: १३:१८

परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त

एएनजेड खबरअप्रिल १६, २०२३

परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कांग्रेस नेता साउद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुँदा परराष्ट्रमन्त्री नियुक्त भएका हुन्।

आजै नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन्। उनलाई सोही समारोहमा प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए।

तपाइँको प्रतिक्रिया