आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:२८ |सिड्नीको समय: १६:२८ |काठमाडौंको समय: १२:१३

नयाँ बर्ष २०८० हर्षोल्लासका साथ मनाइँदै

एएनजेड खबरअप्रिल १४, २०२३

आज नेपाली नयाँ बर्ष विक्रम संवत् २०८० वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपाल र विश्वभर छरिएर बसेका नेपाली भाषी र समुदायले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ।

नेपाली नयाँ बर्षलाई सबै जातजाति धर्म समुदायले प्रत्येक बैशाख १ गतेलाई मनाउने भएतापनि नेपालमा बिभिन्न जातजाती,वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा छ । नेवार समुदायहरूले कात्तिक महिनामा पर्ने गोवर्द्धन पूजाका दिन नयाँ वर्ष भव्य रूपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर विश्वभर मनाउने गरिन्छ ।

यसैगरी गुरुङ समुदायले पुस १५ गतेलाइ आफ्नो नयाँ बर्षको रुपमा मनाउदै आएको छ भने थारूले माघ १ गते मनाउने गरेको छ। , तामाङ समुदायले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा, वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकोले यसै दिनदेखि वैदिक नयाँ वर्ष प्रारम्भ हुने शास्त्रीय नियम रहिआएको पाइन्छ ।

तपाइँको प्रतिक्रिया