आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:२५ |सिड्नीको समय: १६:२५ |काठमाडौंको समय: १२:१०

मेयर बालेनको अर्को स्टाटस,भन्छन : ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अन्तै सार्नुस’

एएनजेड खबरअप्रिल १३, २०२३

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चार दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर नउठाएर फेरी पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। उनले स्टाटस मार्फत काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्न चुनौती दिएका हुन्।

आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको बताए।

मेयर शाहले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।’

स्टाटसमा उनले आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने तर राजनीति नचाहिने समेत लेखेका छन्।

यसअघिको स्टाटस उनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया