आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:३३ |सिड्नीको समय: १६:३३ |काठमाडौंको समय: १२:१८

शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न एमाले अखिलका नेता पक्राउ

एएनजेड खबरअप्रिल १२, २०२३

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य गिरोह सन्देश शर्मा पक्राउ परेका छन् । एमाले निकट विद्यार्थी नेतासमेत रहेका शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

दाङ घर भएका शर्मालाई प्रहरीले उच्च निगरानीमा राखेको थियो। प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरील केशव दुलालसहितका ४ जनालाई सोही अभियोगमा पक्राउ गरिसकेको छ ।

शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएका पीडितहरूले २०७९ जेठ १८गते प्रहरीमा जाहेरी दिएका थिए ।

नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइँको प्रतिक्रिया