शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२६ |सिड्नीको समय: ०७:२६ |काठमाडौंको समय: ०३:११

सिड्नीमा नेपाली माथि छुरा प्रहार !

एएनजेड खबरअप्रिल ११, २०२३

सिड्नीमा एक जना नेपाली माथि छुरा प्रहार भएको छ। हिजो भएको सो घटनामा नेपाली रेस्टुरेन्टमा काम गर्ने सेफ घाइते भएका हुन् ।

 सामान गाडीमा लोड गर्दै गर्दा हातमा चक्कु लिएर आएका १९ वर्षीय युवकले उनले लगाएको घडी माग्दा नदिएपछि रेस्टुरेन्टमा कार्यरत सेफको पेटमा चक्कु हानेको घटनाका प्रत्यक्षदर्शीले बताएका छन्। 

घाइते सेफको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरा मुक्त रहेको पनि बताइएको छ। 

घटना संलग्न ती युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइसकेको छ।  

तपाइँको प्रतिक्रिया