आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:४५ |सिड्नीको समय: १५:४५ |काठमाडौंको समय: ११:३०

बैशाख १० पछि प्रदेश सरकारहरु पुनर्गठन हुन्छ : कांग्रेस नेता खाँण

एएनजेड खबरअप्रिल ९, २०२३

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बैशाख १० मा हुने उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका खाँणले आज जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।

गठबन्धनमा रहेका दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको खाँणले बताए ।उनले भने,’सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा नेतृत्व लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ,’।

खाँणले आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले राष्ट्रपति कार्यालयमा अड्केर बसेको विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।

तपाइँको प्रतिक्रिया