आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:३३ |सिड्नीको समय: १५:३३ |काठमाडौंको समय: ११:१८

पूर्वसहकर्मी लेखराज भट्टको घरमा प्रधानमन्त्री प्रचण्ड, भन्छन “यो घर मेरो पनि हो”

एएनजेड खबरअप्रिल ९, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अत्तरियास्थित निवासमा पुगेका छन्।

धनगढी विमानस्थलमा अवतरण भएलगत्तै प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको भट्टको घरमा पुगेका हुन्।

भट्टसँगको भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।

भट्ट पूर्वमाओवादी नेता समेत हुन्।उनी माओवादीमा रहँदा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज पनि थिए। प्रधानमन्त्री प्रचण्ड धनगढी आउँदा भट्टको घर जाने गरेकोमा नेकपा विभाजनपछि भने उनीहरूबीच राम्रो भेटघाट थिएन।

तपाइँको प्रतिक्रिया