शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०५ |सिड्नीको समय: ०८:०५ |काठमाडौंको समय: ०३:५०

चर्चित मास्टर सेफ सन्तोष साह ‘नेपाल फुड फेस्टिभल’मा सहभागी हुन अस्ट्रेलिया आउने !

एएनजेड खबरअप्रिल ९, २०२३

चर्चित मास्टर सेफ सन्तोष साह ‘नेपाल फुड फेस्टिभल’मा सहभागी हुन अस्ट्रेलिया आउने भएका छन्।

आगामी मे २ देखि ६ सम्म नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्यले हुने ‘नेपाल फुड फेस्टिभल’ कार्यक्रममा सहभागी हुन उनी अष्ट्रेलिया आउन लगेका हुन्।

अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजको आयोजना हुने नेपाली खाना महोत्सव टाउनहलस्थित नमस्ते रेस्टुरेन्टमा आयोजना हुने तय भएको छ।

उक्त कार्यक्रममा साहले आफ्नो पाककला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू पनि तयार पार्नेछन्।उक्त कार्यक्रममा नेपाली खानाको स्वाद लिन र सिक्न पाउने कलेजले जनाएको छ।

कार्यक्रममा साहले आफ्ना प्रशंसकहरू र नेपाली समुदायका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। सो महोत्सवमा विभिन्न नेपाली परिकारका साथै नेपाली संगीत तथा सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।

नेपालको समृद्ध र विविध संस्कृति, खाना र कलाको माध्यमबाट अनुभव गर्ने मौका मिल्ने आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुनका लागि अग्रिम बुकिङ्ग गरेर आफ्नो सिट सुरक्षित राख्न आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया