आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:४८ |सिड्नीको समय: १४:४८ |काठमाडौंको समय: १०:३३

किर्तेगरी नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ !

एएनजेड खबरअप्रिल ७, २०२३

किर्ते गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङलाई हिजो पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ।

निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएकोले उनलाई वौद्धबाट पक्राउ गरेको हो ।

२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेको र उनी मार्फत नागरिकता बनाएको खुलेको छ।

नागरिकता बनाइदिएवापत कटुवालले उनीबाट ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ ।

यसअघि नै प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया