आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:३९ |सिड्नीको समय: १४:३९ |काठमाडौंको समय: १०:२४

रविको राहदानी विवादको मुद्दामा कारण देखाउ आदेश जारी !!

एएनजेड खबरअप्रिल ५, २०२३

रवि लामिछानेको नागरिकता विवादको मुद्दाको किनारा लागेसंगै अर्को राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण मागेको हो।

रविलाई राहदानी मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ताले गरेपछि त्यसविरुद्ध रिट परेको थियो।सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेपनि यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।

मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका थिए।

तपाइँको प्रतिक्रिया