आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:३३ |सिड्नीको समय: १४:३३ |काठमाडौंको समय: १०:१८

क्रिकेटर सन्दीप विरुद्दको मुद्दा घिमिरे श्रीमानको इजलासमा, आजै फैसला हुने

एएनजेड खबरअप्रिल ५, २०२३

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ। सन्दीप विरुद्दको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको हो।

उनीविरुद्धको मुद्दा इजलासको चौधौँ नम्बरमा पेसी तोकिको छ। यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएका थिए।

सन्दीपको मुद्दामा आजै सुनुवाइ हुने सम्भावना बढेको छ।

घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।

तपाइँको प्रतिक्रिया