शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५२ |सिड्नीको समय: ०७:५२ |काठमाडौंको समय: ०३:३७

सोलुखुम्बुमा अष्ट्रेलियन नागरिकको मृत्यु !!

एएनजेड खबरअप्रिल ४, २०२३

सोलुखुम्बुमा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको हिजो मृत्यु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।

प्रहरीका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने तयारीमा थिए।

हिँड्दै गर्दा उकालो बाटोमा ढलेपछि उनको उपचारको क्रममा निधन भएको हो। थोमससहित ३ अष्ट्रेलियाली नागरिक लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ हिडेका थिए।

तपाइँको प्रतिक्रिया