आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२१ |सिड्नीको समय: १३:२१ |काठमाडौंको समय: ०९:०६

चितवन-२ मा कांग्रेसका जीतनारायणको उम्मेदवारी दर्ता

एएनजेड खबरअप्रिल ३, २०२३

चितवन क्षेत्र नम्बर -२ को उपनिर्वाचनको लागी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहितको टोलीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

श्रेष्ठ सत्तारुढ गतबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी बनेका हुन् । उनी चितवन कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन्।

गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ पराजय भएका थिए। दोस्रो भएका श्रेष्ठलाई रास्वपाका सभापति रवि लामिछानेले पराजय गरेका हुन्।

लामिछाने पुन: यसै क्षेत्रबाट निर्वाचन लड्दैछन ।

तपाइँको प्रतिक्रिया