आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२२ |सिड्नीको समय: १३:२२ |काठमाडौंको समय: ०९:०७

गगनको कटाक्ष स्वर्णिमलाई : ‘तिमी त जागिर खाएको, पेन्सन पकाएको अनि आएको, म त सडकमा लडेको ’

एएनजेड खबरअप्रिल ३, २०२३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन् । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहु क्षेत्रनम्बर -१ बाट चुनाव लड्ने तयारी गरेका वाग्ले माथि कटाक्षा गरेका हुन् ।

तनहुँ- १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफूहरु पार्टीभित्र संघर्ष गरिरहेको र निरन्तरको संघर्षबाट कांग्रेसमा परिवर्तन ल्याउने समेत बताए ।उनले भने, ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथेँ’, उनने भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउन्दैनथे ।’

कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेस छाडेर रास्वपाका उम्मेदवार बनेका वाग्ले प्रति इंगित गर्दै उनले भने, ‘कहिले काँही साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको तर मलाई भन्न मन लाग्छ मैले त जागिर नखाएको, तिमीले जागिर खाएर छोडेर आएको । उनले अझै थपे,’ मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’

तपाइँको प्रतिक्रिया