आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:४० |सिड्नीको समय: १३:४० |काठमाडौंको समय: ०९:२५

चितवनमा रविलाई पुराना कांग्रेस नेता जगन्नाथको साथ !

एएनजेड खबरअप्रिल ३, २०२३

नेपाली कांग्रेस चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्।

पौडेलले आफ्नो समूहको समर्थन लामिछानेलाई रहेको बताए। ‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ,’ पौडेलले भने, अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ।’

पत्रकरहरू सँग कुरा गर्दै पौडेलले ‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाए,’ तर, मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्‍यो, मलाई कारवाही गर्‍यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्‍यायो, मलाई थन्क्यायो,’ उनले थपे, ‘अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो।’

पौडेलले अहिले चुनावको लागि मात्र समर्थन गरेपनि भविष्यमा नयाँ यात्रा तय हुने समेत संकेत गरे।

स्थानिय तहको निर्वाचनमा कांग्रेसले भरतपुर महानगरको चुनावमा टिकट नदिएपछि असन्तुष्ट जनाउदै उनले बागी उम्मेदवारी दिएका थिए। बागी उमेदवार उठेपनि उनले जीत निकालन भने सकेनन्। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको चुनावमा पनि उनी स्वतन्त्र उठेका थिए ।

तपाइँको प्रतिक्रिया