आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२६ |सिड्नीको समय: १३:२६ |काठमाडौंको समय: ०९:११

रवि लामिछानेले उम्मेदवारी दर्ता गराए

एएनजेड खबरअप्रिल ३, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । चितवन निर्वाचन क्षेत्रनम्बर -२ को प्रतिनिधि सभा सदस्यका लागि उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।

यसअघिको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान आगामी वैशाख १० गते हुनेछ ।

तपाइँको प्रतिक्रिया