आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२५ |सिड्नीको समय: १३:२५ |काठमाडौंको समय: ०९:१०

मिटरब्याज सामन्तवादको अवशेषको रूपमा देखापर्यो : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

एएनजेड खबरअप्रिल २, २०२३

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादको मूलभूतरुपमा अन्त्य भए पनि अझै त्यो अवशेषका रुपमा मिटरब्याजीकोरूपमा प्रकट भएको बताएका छन्।

सामन्तवादको अवशेषका रुपमा मिटरब्याजीको समस्या रहेको भन्दै उनले भने ‘,हामी यसलाई निमिट्यान्न बनाउन लागेका छौँ पहिले कार्यदल बनेको थियो। अहिले आयोग बनेको छ। सांसदहरुले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ। मिटरब्याजीको समस्या अब समाधान हुन्छ।’

मिटर ब्याज पिडीतहरूको समम्स्या हल गर्नु र उनीहरूलाई अधिकार दिनु सरकारको संकल्प रहेको बताउदै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले अब कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

‘सरकारले अब कानुन पनि बनाउँदैछ। फिल्डमै गएर हरेक पीडितको उजुरी लिएर कारबाही गर्छ, ठाउँको ठाउँ कारबाही गर्छ’, उनले भने, ‘मिटरब्याज सामन्तवादको अवशेष हो, हामी निमिट्यान्न बनाउँछौँ।’

तपाइँको प्रतिक्रिया