प्रवासमा बढ्दैछन् असमझदारी, किन टुट्दैछन् बैवाहिक सम्वन्धहरु !
सृस्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर सम्हाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ। तर एक्काइसौ सताब्दिमा आईपुग्दा पुजिवाद,औधोगिकरण, महिलाबाद, उपभोक्ताबाद जस्ता अनेक बादका कारण’अर्को जेनेरेसन ‘ तयार पार्ने जिम्मेबारी सँगसंगै महिलामा अरु पनि जिम्मेबारी थपिए ।
विवाहलाई सस्थागत गर्ने नाममा विवाह भएको दिन देखी महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो। यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन। जसले गर्दा धेरै जसो सम्बन्धहरुमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो। नेपालमा यस्तो प्रतिस्पर्धा भएपनि परिवार नै बिखन्डन तिर धकेल्न भने गाह्रो हुन्थियो। बिदेश आईसकेपछि बिभिन्न खाले स्वतन्त्रताका कारण सम्बन्धबाट छुट्टीने ठुलो कुरा भएन। महिला वा पुरुष दुबै आर्थिकरुपमा सबल हुनु, च्वाईसहरू उपलब्ध हुनु र अहन्कार उत्पन्न हुनु सम्बन्धमा दरार आउने केही कारण मध्य हुन सक्छन् । अलिकति पैसाहुना साथ ‘तरुनी’ चाहिने रोग पनि बिदेशमा प्रसस्त देखियो।
सम्बन्धमा बिचलन आउने बिबिध कारण मध्य केही निम्न हुन सक्छन।
कृतिम सम्बन्धहरु
आजभोली सोसल मिडियाका कारण मानिसहरुको रहन सहन, जीवनशैली मात्रै हैन जीवनपद्दतिमै फरक परेको छ। फोनले निर्देशितगरिरहेको जीवन बाच्ने तरिका। एउटाले राम्रो गाडी चल्यो, ठुलो घर बनायो, घुम्न गयो अर्कालाई पनि तेही चाहियो। सके आफुले तेस्तै गर्यो नभय चिन्ता, रिस , जलन अनी पिडाले कुन्ठित भयो अनी मानशिक रोग निम्तायो। मान्छे जीवन बुझ्दैन जीवनशैलीको पछी लाग्छ।समुन्द्रको छेउमा उभिएर फोटो खिच्दै गर्दा समुन्द्रमा आउने छालको बहाब बुझ्ने कोशीश नै गर्दैन। जीवन बुझ्नको लागि मात्र जीवन भएपुग्छ, जो हामी प्रत्येकसँग छ। जीवनलाई फरक ढ्ङ्ले नभुझी खाली पैसा, मान सम्मान, आदिको पछाडि लाग्दा लाग्दै जीवनबाटै पछाडि धकालियेको धेरै लाई पत्तै हुन्न। सम्बन्धहरु पनि कृतिम देखिन्छन। सम्बन्धको लागि माया ,ममता , करुणा , उत्तरदायित्व जस्ता जिम्मेबारी रोप्न पर्ने ठाउमा स्वार्थ, रिस अनी जलन रोपेका छौ अनी सम्बन्ध प्रेमिल खोज्दछौ। खोजेको कुरा नभेटाउदा एक किसिमको खिन्नता, रिक्तता र अभाब महसुस मानिसले गर्दछ। बिउ नै गलत रोपियो कि भन्ने तिर ध्यान नदिएर एक अर्कामा आरोप प्रत्यारोप सुरुहुन थाल्छ अनी स्वर्ग भनिएको घर युद्द मैदानमा परिणत हुन्छ। यस्ले परिवार, केटाकेटीलाई त असर गर्छ नै आत्महत्याको निर्णयसम्मपनि मानिस् पुग्दछ।
इज्जतको पिर
मान्छेलाई सामाजिक प्राणी हो भन्ने पगरी गुथाइेको छ। विवाहलाई सामाजिक बन्धन हो भनिएको छ। विवाह धुमधामले गर्ने फेसन चलेको छ। दाम्पत्य जीवन कस्तो चलेको छ तिर ध्यान दिएको छैन। पक्कै पनि सम्बन्धहरु सुदृढ भएको राम्रो हो। तर सम्बन्धमा दरार आएपछी एक अर्कालाई हानी नपुराइ निकाशको बाटो खोज्नु राम्रो हुन्छ,तर त्यस्तो हुँदैन। उसो त विवाह भएको केही बर्षमा सन्तान जन्मन्छन, पारिबारिक अनि साथीभाइको संख्यापनि बढ्छ । यससंगै जोडिएको सामाजिक प्रतिस्ठा त छदैछ। अझै छुट्टीदा भोग्नु पर्नेपिडा त छ नै, समाज दिने पिडा थेग्न धेरै मान्छेलाई गाह्रो भएको देखिन्छ। यदी केटी मान्छे अग्रसर भएर बिछोडको प्रकृया अगाडि बढएमा केटा मान्छेको यौन क्षमताको कुरा आउछ भने केटाले छोडिदिए केटीको चरित्र माथि समाजले धावा बोल्छ। उसो त यस्तो हुँदै नहुने भने हैन तर समाजले यस्तरी हौवा फैलाउछ मानौ त्यो नै अन्तिम सत्य हो।
सिंगल केटी देख्ने बित्तिक्कै ‘यो त एक्ली छे, सजिल्लै पटिन्छे ‘ भन्ने दास मानसिकता भएकाहरु सिंगल महिलालाई ‘योनी बाहक’ मात्रै ठान्दछन। यस्ता नागाहरु हरेक गल्ली गल्लिमा भेटिन्छन्। अर्को तर्फ केटा मान्छे अझ सामाजिक रुपमा चिनिएको छ भने उस्लाई इज्जत’दाउ’मा लगाएर छुट्टीन मन लाग्दैन- मन र ओछ्यान भने छुटिन्छ। यस्तरी हरेक पल मर्दै विवाहलाई बचाउनु पाप नै हो।
यस्तो जिन्दगी बाँच्न पर्दा एकातिर अहङ्कारमा चोट लाग्छ भने अर्को तिर यिनिहरु पैसाले माया (यौन) किन्न उद्दत रहन्छन। केहीमान्छेहरु यस्तैमा रुमलिन सक्छन भने कोही थाकेर जिन्दगी बाटै बिदा लिन्छन। समाजमा केही घटना घट्यो भने समाज न्यायधिश बनीहाल्छ। केटाले गरे पनि केटीले गरे पनि हिन्शा हिन्शा नै हो र हिन्शा गर्नेले सजाय पाउनु नै पर्छ।
किन बढ्दैछ दुरी
बिदेशमा श्रीमान र श्रीमती दुबैले काम नगरि सुखै छैन। आमाको शिफ्ट बिहान हुन्छ भने बुवाको बेलुका वा भाईस भर्सा !
आमा बुवा र छोराछोरी एकै चोटि भेट हुन एक हप्ता कुर्न पर्छ। बल्ल बल्ल आएको छुट्टी पनि बिहे , भोज यस्तै यस्तैमा बित्छ। एकअर्काको सम्बन्ध मलजल गर्न पाएका नै हुँदैनन। एउटा फोटो खिचिक्क पर्यो, फेसबुकमा हाल्यो। आत्मियता बिना बनेको सम्बन्ध टिकाउ हुँदैन। माया , प्रेम नरोपी प्रगाढ सम्बन्धको आसा गर्नु बालुवा पेलेर तेल निकाल्न गरिएको प्रयास जस्तै निरर्थक हुन्छ। सद्भाब , सहभाब र समभाब बिनाको कुनै पनि सम्बन्ध सम्भब नै छैन। र यही कुरा ले नै हो बाँच्न सिकाउने। जीवनको लक्ष र उपादेयता नबुझेर दिशाबिहिन भइ अलमलिएका हरूलाई चेतना , बिबेक र बुद्दिको सम्योजन्द्वारा जीवन जिउने शाही कला सिकाउने आध्यत्म हो। तर आध्यात्मलाई धेरैले आत्मसाथ गरेको भेटिदैन। अझ यस्ता कुरा अली उमेर ढल्के पछी ध्यान दिने हो भन्ने धेरै मानिसको बुझाई छ।जसरी जग बिना घर बन्दैन त्यसरी नै जीवनको सच्चाइ नबुझिकन जीवन सफल हुने कुरै भएन।
हामीलाई कुनै पनि खालको शिक्षा वा ज्ञान चाहियो भने सुचनामुलक शिक्षा सजिल्लै उपलब्ध हुन्छ तर आध्यात्मिक ज्ञान लिने ठाउँ छैनवा ध्यान दिएको देखिदैन।
मिसन रिलेसन
यो संसार आधुनिकिकरणको चपेटामा नराम्ररी परेको छ। आफ्ना घर भित्रको सम्बन्धमा अलिकती दरार आयो भने त्यो दुरी घटाऊन भन्दा अप्सन खोज्न मान्छे उद्दत भएको देखिन्छ। जती बिकशित मुलुकमा बसे पनि घरको चुल्हो चौको महिलाकै भरमा हुन्छ। दिन भरी सङ्गै उस्तै प्रकृतिको काम गरेर घर आएपछि सोफामा पल्टेर रिमोट घुमाउने सुबिधा पुरुष र महिलालाई बराबर रुपमा उपलब्ध हुँदैन। काम, घरको चुल्हो चौको अनि केटाकेटिको होमवोर्क र अरु गृहकार्य सकेपछी थकित महिला ओछ्यानमा जादा उनीसँग इनर्जी नै सकीसकिएको हुन्छ। काहि न काही सम्बन्ध टिकाइ रहन वा सफल दाम्पत्य जीवनको कडीमा यौन जोडिन्छ नै। जब पुरुष आफुले भने जस्तो तृप्ति पाउदैन तब बाहिर भौतारिएको देखिन्छ। महिलाको हकमा यो हुँदै नहुने भने हैन तर सम्भाबना कम रहन्छ बिभिन्न सामाजिक परिवेशका कारण। अर्को तर्फ पद पैसा र प्रतिष्ठाको उन्मादमा पुरुषहरु ‘तरुनी’ को खोजिमा लाग्छन र उनिहरुको मिसन भने यौन हुन्छ।आफ्नो घर परिवार हुँदा हुँदै मस्ती गर्न आउने पुरुष वा महिलाको सम्बन्ध पैसाको लेनदेन र बेडमा मात्रै हुन्छ। केही समय पछी सम्बन्धअनि लेनदेनमा गड्बढ हुन्छ अनी छताछुल्ल हुन्छन् भिडियोहरु। यती बेला सम्मा ढिला भैसकेको हुन्छ, कसैको प्रब्लम सल्भिङ स्किल राम्रो हुन्छ अनि यस्तो परिस्थितीलाई सेफ ल्यान्डिङ गर्छन् कोही भने आत्महत्या।
आइडेन्टीटी क्र्राइसिस
बिदेशमा सुख खोज्न आउने क्रम बढ्दो छ। यो क्रममा नेपालमा राम्रै करियर भएका मान्छेहरु पनि बिदेश आएका छन। यहाँ आयपछि जे काम भेटिन्छ तेही गर्न पर्ने बाध्यता छ। यस्तोमा महिलाहरु चाँही अली छिटो परिस्थितीलाई अड्याप्ट गर्न सक्दा रहेछन्,पुरुषलाई भने हिनताबोधले गाज्दो रहेछ। फलस्वरुप, रिसाउने, आफ्नै श्रीमतीलाई विश्वाश नगर्ने, कुटपिट गर्ने लक्षणहरु देखा पर्ने रहेछन् , कतिलाई त डिप्रेसन् हुने रहेछ। यस्तो अवस्थामा श्रीमान श्रीमतीले एक अर्कालाई बुझ्न जरुरी हुन्छ। तर यस्तो भएको देखिदैन। अन्हन्कारले डेरा जमाइसकेको हुन्छ। सम्बन्धमा समभावको सट्टा समदुरी उत्पन्न भएर दुर्घटना भएको पनि हामीले देखेका छौ।
र अन्तमा एउटा सम्बन्ध राम्रो भए घर राम्रो हुन्छ र घर राम्रो भए समाज। त्यसको लागि हामीले हाम्रो सोचाइ अनी मानसिकतामा ब्यापक परिवर्तन ल्याउन पर्ने हुन्छ। सर्टिफिकेटका भारी बोकेका तर बिबेक सुन्यहरु , धनी पनि यती धनी जो सँग धन बाहेक केही छैनवा जीवनशैलिको पछाडि लाग्ने तर जीवनमा
जिबन्तता नभ्एका अनी मानबिय मुल्य र मान्यतामा चुकेकाहरुलाई हामीले वाही वाही गर्न छोडेर गरीब नै किन नहोश सत्यको बाटो गालेकालाई सम्मन गर्न सिकौ समाज आँफै परीस्कृत हुन्छ ।
तपाइँको प्रतिक्रिया