आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:२७ |सिड्नीको समय: ११:२७ |काठमाडौंको समय: ०७:१२

प्रधानमन्त्री भेट्न बालुवाटार छिरे मिटरब्याज पीडितहरू ,उच्चस्तरीय न्यायिक आयोग गठन

एएनजेड खबरअप्रिल १, २०२३

काठमाडौंमा संघर्ष गरिरहेका मिटरब्याज पीडितहरू आज बालुवाटारमा प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भेट्न बोलाएपछि बिहानै मिटरब्याज पीडितहरू सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन्।

प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी समेत गरेका थिए ।

आजै सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको उच्चस्तरिय आयोग गठन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

पिडीत हरुसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले ‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको र पर्सि आइतवारसम्म आयोगले पूर्णता पाउने ‘बताए ।

पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन् ।

तपाइँको प्रतिक्रिया