बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:२० |सिड्नीको समय: ०२:२० |काठमाडौंको समय: २२:०५

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

एएनजेड खबरअप्रिल १, २०२३

मनिष डाँगीको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

खेल सकिन ३ मिनेट बाँकी रहदा मनिषले गरेको गोलले घरेलु मैदानमा नेपालले लाओसलाई २-१ ले हराउदै उपाधि उचालेको हो।

खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा मनिषले सुन्दर गोल गरेका थिए ।

यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेको थियो।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् । फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।

नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।

तपाइँको प्रतिक्रिया