आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १४:०३ |सिड्नीको समय: १२:०३ |काठमाडौंको समय: ०७:४८

राजावादीको घुसपैठ भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीविरुद्ध माइतिघरमा नाराबाजी

एएनजेड खबरमार्च २८, २०२३

सांसद ज्ञानेन्द्र शाहीविरुद्ध माइतिघरमा नाराबाजी भएको छ । मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका राप्रपाका सांसद शाहीविरुद्ध पीडितहरूले नारावाजी गरेका हुन् ।

शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनको समर्थन नचाहिने समेत बताए। आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै सामन्तवादको अबसेश रहेको राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता आफूहरूलाई नचाहिने पीडितहरुको भनाई छ।

सांसद शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताए पनि मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरेका थिए।

निरन्तर विरोध भएपछी शाही भिडबाट निस्केका थिए। केही वास्तविक पीडितहरूले भने शाहीलाई भेटेर दु:ख व्यक्त गरेको बताइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै शाहीले आफूविरुद्ध नाराबाजी गर्नेहरू वास्तविक पीडित नभएको बताए ।

नारावाजी पछि प्रतिक्रिया दिदै शाहीले भने ‘पीडितहरूले नाराबाजी गरेकै होइनन्, जसले गरे उनीहरू राजनीतिक कार्यकर्ता थिए,’ उनले भने, ‘मिटर ब्याज पीडितहरूको धर्नामा माओवादी कार्यकर्ताको घुसपैठ भएको रहेछ ।’

तपाइँको प्रतिक्रिया