आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:५१ |सिड्नीको समय: ११:५१ |काठमाडौंको समय: ०७:३६

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न वार्ताटोली बनायो, आजै प्रधानमन्त्रीले पनि भेट्ने

एएनजेड खबरमार्च २८, २०२३

आन्दोलनरत मिटरब्याज पीडितसँगवार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टोली गठन गरिएको हो।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरिएको हो।

सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र प्रधानमन्त्रीलाई ब्रिफिङ परेपछि प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ।

पछिल्लो समय सहकारी तथा विभिन्न वित्तिय सस्थाहरूले चर्को ब्याज लिएर घरबार नै उठिबास लगाएको घटनाहरू बहिरिएका छन्। गरिब माराको उपनाम पाएका वित्तिय सस्थाहरूले अनावस्यक शिर्सकमा पैसा उठाउदै आइरहेका छन्। देशव्यापी देखिएको यस समस्यालाई सरकारले हल गर्नु पर्छ भन्दै पिडितहरू आन्दलामा रहेका छन्।

तपाइँको प्रतिक्रिया