शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो साईबर आक्रमण !!

एएनजेड खबरमार्च २८, २०२३

अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो साईबर आक्रमणको घटना बाहिरिएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा कार्यालय खडा गरी ऋण दिदैआएको ल्याटिच्युड फाइनान्समा साईबर हमला हुँदा १ करोड ४० लाख मानिसको व्यक्तिगत विवरण चोरी भएको हो ।

श्रोत: नेपाल ट्युब

सो सस्थामा रहेका करिब १ करोड ४० लाख ग्राहकको व्यक्तिगत विवरण साईबर हमलामा परी चोरी भएको हो। ७९ लाखको चालक अनुमति पत्र र ६१ लाख व्यक्तिको अन्य विवरण चोरी भएको बताइएको छ । ५३ हजार मानिसको राहदानी पासपोर्टको बिवरण समेत चोरी भएको आशंका गरिएको छ ।

जेवी हाईफाई, हार्बि नरम्यान,गुड गाईज र डेभिड जोन्समार्फत अष्ट्रेलिया र न्युजिल्याण्डमा व्यक्तिगत ऋण प्रवाह गर्दैआएको कम्पनीमाथीको साईबर हमलालाई लिएर अष्ट्रेलिया सरकारले कडा कानुन ल्याउने तयारी गरिरहेको छ।

साईबर हमलाको सिकार भएको ल्याटिच्युड फाइनान्सले चालक अनुमति पत्र नयाँ बनाउन कम्पनीले पैसा दिने जनाएको छ । आफ्नो अकाउन्टमा शंकास्पद गतिबिधि भएमा सचेत भएर जानकारी गराउन समेत सबै उपभोक्तालाई ल्याटिच्युड फाइनान्सले सचेत गराएको छ ।

तपाइँको प्रतिक्रिया