आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:५६ |सिड्नीको समय: ११:५६ |काठमाडौंको समय: ०७:४१

जनयुद्द दिवसविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

एएनजेड खबरमार्च २७, २०२३

प्रचण्ड सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

द्वन्द्वपीडितहरुले आइतबार दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो। सर्वोच्चले सार्वजनिक बिदा दिने नदिने विषय कार्यपालिकाको भएको जनाउँदै यसमा सर्वोच्चबाट नीतिग निरुपण हुन नसक्ने पनि जनाएको छ।

गोरखाका गंगामाया अधिकारी, रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याणी बुढाथोकी लगायतले दायर गरेको रिट दरपीठ गरेसँगै यो मुद्दा अघि नबढ्ने भएको हो।

तपाइँको प्रतिक्रिया